इलाम, असोज : नेपाली कांग्रेस फाकफोकथुम गाउँपालिका वडा नम्बर २ कोलबोटे इलामको वडा सम्मेलनका अवसरमा बृद्धबृद्धाहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा एक सय ५० जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली कांग्रेस इलामका सभापती लगायतले बृद्धबृद्धाहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथी खडकाले सम्मानित अग्रजहरुलाई बधाई ज्ञापन गर्दै कांग्रेसले सँधै अग्रजको सम्मान गर्ने बताए । कृद्धहरुले सिकाएको मार्गमा अघि बढ्न आफु तयार रहेको बताउँदै उनले सहि सल्लाह र सुझाव दिन समेत आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सहसचिव देवेन्द्र सुवेदी, जिल्ला सदस्यहरु गोमा भट्टराई, दल बहादुर खडका क्षेत्रिय सद्स्य राजन खनाल पालिका सभापती डिक बहादुर थापा र नेविसंघ केन्द्रिय सदस्य प्रकाश तामाङ लगायतले कार्यक्रममा शुभकामना मन्तब्य राखेका थिए ।
वडा सभापति याम पौडेल खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रम वडा सचिव किसोर ढुगानाले सञ्चालन गरेका थिए ।
Discussion about this post