इलाम असोज : हुलाक सेवालाई रूपान्तरण गरेर समयअनुसार अघि बढ्नुपर्ने इलाममा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रमका बक्ताहरुले हुलाक सेवालाई आधुनिकीकरण गर्दै रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
पछिल्लो समय हुलाकको काम कम हुँदै गएपछि हुलाकका अस्थाई कर्मचारी समेत हटाउन थालिएको छ । तर समयअनुसार आधुनिकण सहितको सेवा प्रवाह गर्न सके अझै हुलाकको महत्व बढ्ने उनीहरुको भनाई छ ।
पुरानै शैलीमा यसलाई अगाडी बढाउँदा जनतामाझ हुलाकका सेवा ढिलो गरि पुग्ने भएकाले सूचना तथा सञ्चारमा छिटो सेवा बिस्तारमा जोड दिइएको थियो । सूचना सम्प्रेक्षणमा र सूचना प्रवाह गर्ने निकायलाई हेने गरि सेवा विस्तारमा सरकारले ध्यान दिनु पर्ने जिल्ला हुलाकका निमित्त अधिकृत गणेशप्रसाद घिमिरेले बताए । उनले सरकारले नीतिगत रूपमै हुलाकलाई प्रभावकारी बनाउँन काम गर्नुपर्ने बताए ।
हाल सामाजिक सञ्जाल तथा अनलाइन सेवालाई हुलाकमा जोड्नुु पर्ने उनको माग छ । कुरियर सेवा हुलाक मार्फत नै गर्न सके पनि यसको काम आम नागरिकले पाउने उनको भनाई छ । नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्ने नीतिसहित सुधार गर्न सके मात्र हुलाकको महत्व बढ्ने उनको भनाइ छ ।
यसै वर्षदेखी अतिरिक्त हुलाक कर्मचारीको तलब समेत आएको छैन । अतिरिक्त हुलाकका कर्मचारीहरु समेत आन्दोलित हुँदै आएका छन् । दशैको मुखमा पनि कर्मचारीको तलब नआउँदा समस्या भएको उनीहरुको भनाइ छ ।
अतिरिक्त हुलाका कर्मचारीलाई अदालतले काममा फर्कने आदेश दिएको छ । तरअहिलेसम्म तबल नपठाएको बताइएको छ । मन्त्रालयले निकासा नदिएका कारण तलब नआएको माथिल्लो निकायबाट जानकारी आउने गरेको बताइएको छ ।
हुलाकका सूचना अधिकारी अनुप खतिवडाले हुलाकलाई आधुनिकरणमा रूपान्तरण गरे मात्र प्रभावकारी हुने धारणा राखे । समय सापेक्ष हुलाकलाई सरकारले नीतिगत रूपमै सुधार गर्नुपर्ने उनको माग छ ।
परम्परागत प्रणालीलाई आधुनिकरण गर्दै विश्वस्तरमा हुलाकलाई रूपान्तरण गर्न वर्तमानको आवश्यकता भएको उनको भनाई छ ।
१४९ औं हुलक दिवसका अवसरमा सम्मान
जिल्ला हुलाक कार्यालय इलामले सोमबार १४९ औंं हुलाक दिवस ‘विश्वासका लागि सँगै’ भन्ने नाराका साथ मनाएको छ ।
दिवसको अवसरमा लामो समय हुलाक सेवामा योगदान गरेका ४ जान कर्मचारीलाई सम्मान गरेको छ ।
हुलाकमा हल्कारा भई ४० वर्ष सेवा गरेका इन्द्रप्रसाद श्रेष्ठ, अतिरिक्त हुलाकमा ५४ वर्ष सेवा पुर्याएका देवेन्द्रनाथ सर्मा, २९ वर्ष कार्यालय सहयोगी भई सेवा गरेकी कल्पना बाँनिया र हुलाकी कमल निरौलालाई सम्मान पत्र सहित सम्मान गरिएको छ ।
Discussion about this post