पाँचथर । पाँचथरको याङवरक गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुवेदीलाई कुटपिट गरेका छन् । लिङ्देनले सुवेदीलाई रगतपच्छे हुनेगरी कुटेका हुन् ।
प्रमुख प्रशासकिय अधिकृत लिङ्देनको कुटाईबाट कार्यालय सहयोगी सुवेदी घाईते छन् । सुवेदीको दाया आँखाको डीलमा चोट लागेको छ । लिङ्देनको निर्मम कुटाइबाट सुबेदीको अनुहार सुनिएको छ । लिङ्देनले आईतबार दिउँसो पालिकाको क्वाटरमा ढोका थुनेर सुबेदीको घाँटी निमोठ्दै कुटेको पिडित सुवेदीले बताएका छन् ।
आइतबार लिङ्देनले सुवेदीलाई दुई पटक क्वाटरमा बोलाएको पहिलो पटक सामान्य केरकार गरेर पठाएको र दोस्रो पटक एक्कासी मुक्का प्रहार गर्न थालेको पिडित सुवेदीको भनार्य छ ।
सुबेदीको घाँटी निमोठेर निरन्तर मुक्का प्रहार गरेको पिडितको भनाई छ । ‘हिजो किन म्यासेज गरेको भनेर हाकिम सापले कुट्नुभयो,’ सुबेदीले भने ‘कस्तो म्यासेज हो त्यो मलाई थाहा छैन् । मैले उहाँलाई म्यासेज लेखेको पनि छैन् ।,’
उक्त घटना सामान्य भएको लिङदेनको भनाई छ । ‘हामी छलफलमा छौँ,’ लिङ्देनले फोनमा भने ‘घटना सामान्य हो । कुटपिट भएकै छैन् ।’ कुटपिटको घटनालाई सामसुम बनाउन एकथरी कर्मचारी र जनप्रतिनिधि लागि परेका छन् । घटनाको बिषयमा पालिका अध्यक्ष सुबास योङ्या र उपाध्यक्ष बाबा मेनेङ्बो बोल्न चाहेनन् ।
म्यासेज कस्तो थियो र कसले पठाएको भनेर प्रष्ट रुपमा लिङ्देनले बताउन चाहेका छैनन् । लिङ्देन र एक महिला कर्मचारीबीचको अनैतिक सम्बन्धको बारेमा म्यासेज भएकाले लिङ्देनले खुलाउन नचाएको स्रोतको दावी छ ।
Discussion about this post