झापा । झापा बिर्तामोडका एक व्यवसायीले खल्ती एपबाट इन्टरनेट प्रदायक संस्था वर्ल्डलिंकको शुल्क भुक्तानी गर्दा दुबइ भ्रमणको पुरस्कार जितेका छन् । बिर्तामोड ५ स्थित शनिश्चरे रोडमा सञ्चालित मोःमोज फ्याक्ट्रीका सञ्चालक मनिराज फुयलले दुबइ भ्रमणको पुरस्कार जितेका हुन् ।
खल्ती एपबाट वर्ल्डलिंकको त्रैमासिक र वार्षिक शुल्क भुक्तानी गर्दा दुबइ भ्रमणको अफर ल्याइएको थियो । चौथो हप्ताको परिणाम सार्वजनिक गरिँदा बिर्तामोडका फुयलले दुबइ भ्रमणको पुरस्कार जिते । यस अफरमा विजेता २४ जोडीले ४ दिन, ५ रात दुबइको भ्रमण गर्न पाउनेछन् । ‘खल्तीबाट वर्ल्डलिंकको पेमेन्ट गरेर, दुबइ रमौँ घुमेर’ भन्ने अफरमा अहिलेसम्म ८ जोडीले भ्रमणको पुरस्कार जितेका छन् । यो अफर असोज १० देखि पुस १५ गतेसम्म रहने वर्ल्डलिंक कम्युनिकेशन बिर्तामोड शाखाका व्यवस्थापक प्रेम घिमिरेले जानकारी दिए । यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने हुन्छ ।
खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीले दुबई घुम्ने मौका पाउनेछन् । यसअन्तर्गत चार रात पाँच दिनको दुबई भ्रमणका लागि लाग्ने सम्पूर्ण खर्च खल्तीले ब्यहोर्ने छ । तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने ग्राहकलाई यो अफरमा सहभागी गराइएको छ । तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट तिरेपछि प्रयोगकर्ताले तीन ओटा भौचर पाउँछन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउँछन् । खल्तीले ती भौचरमार्फत हरेक साता नेपालका चर्चित सेलिब्रेटीको हातबाट लक्की ड्र गरी दुई ओटा भौचर छान्ने गर्दछ ।
Discussion about this post