झापा ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अर्जुनधारा ६ बस्ने ३७ वर्षीय तुलसी फुयल पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।
झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि उनलाई झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उच्च अदालत विराटनगर, इलाम इजलासको मिति २०७९ चैत ८ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फुयललाई १ महिना कैद र १ करोड रुपैयाँ जरिवाना तथा ४ लाख रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो । फैसला भइ उनी फरार रहेका थिए ।
Discussion about this post