इलाम, कात्तिक : माइपोखरी त्रिधार्मिक महोत्सवका लागि एक ब्यक्ति सय अभियान सञ्चालन गरिने भएको छ । त्रिधार्मिक महोत्सव सफल बनाउन सहयोगी जो कोहीबाट सय रुपया संकलन अभियान थालिने भएको हो । इलामको सन्दकपुर गाउँपालिकामा रहेको धार्मिक पर्यटकिय क्षेत्र माइपोखरीमा आगामी मंसिर एक गतेबाट आठ गतेसम्म त्रिधार्मिक उत्सव सञ्चालन हुने भएको छ । सो क्षत्रमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि माईपोखरीमा धार्मिक उत्सव आयोजना गरिएको छ ।
धार्मिक तथा पर्यटन उत्सव सफल बनाउन सय रुपैयाँ सहयोग संकलनको अभियान गरिने भएको मुल आयोजक समितिका आर्थिक संयोजक नेत्र रिजाले बताए । उनका अनुसार खर्च व्यवस्थापनका लागि सोअभियान सुरुमा सञ्चालन गरिने भएको हो । स्थानिय नागरिकबाट सहयोग जुट्न थालेको छ । तर बाहिर रहेका ब्यक्तिहरुबाट समेत सो रकम संकलन गरिने मुल आयोजक समितिका संयोजक प्रेम छिरिङले जानकारी दिए । सहयोग गर्न चाहानेहरुले प्रभु बैंकमा आयोजक संस्थाको बैक खातामा रकम जम्मा गर्न सकिने बताइएको छ । प्रभु बैंकमा श्री माइपोखरी क्रिधार्मिक महायज्ञ आयोजक समितिको खाता नम्बर १६४०१५५०३१३०००१६ मा जम्मा गर्न सकिने छ ।
माइपोखरी विश्व रामसार सूचिमा सुचिकृत छ ।
यथासक्य सहयोग गर्न सक्ने आयोजकले बताएको छ । यस अघि पनि दश हजार माथी रकम ब्यक्तिहरुबाट नै जम्मा भइसकेको जनाइएको छ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि हरिबोधनी एकादशीको दिन समापन हुने छ । धार्मिक महत्व र हिन्दु, वौद्य र किराँत धर्मको संगमस्थल माईपोखरीको प्रवद्र्धन गर्ने पवित्र उदेश्य राखेर धार्मिक पर्यटन उत्सवको आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
Discussion about this post