विराटनगर । विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित शनिबार दिउँसाे दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एक जना भारतीय बालक पनि छन् । प्रहरीका अनुसार विराटनगर महानगरपालिका-४ का २८ वर्षीय आशिषकुमार भगत र भारत अररिया जाेगवनीका १२ वर्षीय बालकलाई पक्राउ गरिएकाे हाे । उनीहरुलाई विराटनगर-१६ दरैयाबाट दिउँसो ४:१५ बजेतिर पक्राउ गरिएकाे प्रहरीले जनाएको छ ।
पैदल यात्रामा रहेका उनीहरुलाई लागूऔषध ब्युरोकाे टाेलीले नियन्त्रणमा लिएर खानतलासी गर्दा साथबाट ४.६० ग्राम ब्राउन सुगर फेला परेकाे थियाे ।
साथै लागूऔषध डाइलेक्स डीसी र नाइट्राेसन तथा १२ हजार रुपैयाँ नगदसमेत बरामद भएकाे प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएकाे जानकारी प्रहरीले दिएको छ ।
Discussion about this post