विराटनगर । माेरङकाे विराटचाेक-केराबारी सडकखण्डअन्तर्गत सुन्दरहरैंचा नगरपालिका- १० मा शनिबार दिउँसो माेटरसाइकल दुर्घटना हुँदा झापाका युवककाे मृत्युु भएको छ ।
दिउँसो ३:३० बजेतिर प्रदेश १-०१-०१६ प ३४५६ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा झापाकाे दमक नगरपालिका- ५ का अन्दाजी २६ वर्षीय राजीव साहकाे मृत्यु भएकाे हाे । दुर्घटनामा परेर गम्भीर घाइते भएका साहकाे उपचारका क्रममा विराटनगरकाे आर्या न्यूराे अस्पतालमा साँझ ५ बजेतिर मृत्यु भएकाे हाे ।
माेटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेकाे प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाकाे अनसन्धान सुरु गरिएकाे छ ।
Discussion about this post