झापा, झापामा एकै दिन दुई ठाउँमा आगलागी भएको छ । बिर्तामोड नगरपालिका र झापा गाउँपालिकामा आगलागीका घटना घटेका हुन् ।
झापा गाउँपालिका वडा नं २ सडकवाडीमा आज दिउँसो आगलागी हुँदा करिव ३ लाख ६० हजार मूल्य बराबरको क्षति भएको छ ।
दिउँसो करिव ३ बजे राम हेमरमको घरमा कोही नभएको बेला अचानक आगलागी हुँदा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरको बिजुलीको बोर्डवाट सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
आगलागीबाट हेमरमको जस्ताले छाएको बाँसको टाटीबेरा भएको घर र घरभित्र रहेको नगद , खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा जल्दा करिव ३ लाख ६० हजार बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख, प्रहरी नायव निरीक्षक कुलबहादुर मगरले बताए । आगलागीलाई जनप्रतिनिधि , स्थानीयवासी, सशस्त्र प्रहरी बल टाँघनडुब्बा विओपी र ईप्रका कुमरखोदका प्रहरीले नियन्त्रणमा लिएका छन् ।
यता बिर्तामोड नगरपालिका १ स्थित पञ्चकन्या टोल बस्ने नन्दकुमार प्रसाईको दुईतले पक्की घरको भुइँतलामा रहेको स्टोर रुममा अचानक आगलागी भई घरभित्र रहेका लत्ताकपडा र दराजहरु जलेर नष्ट हुँदा डेढ लाख बराबरको क्षति भएको छ । तिहारका बेलामा आगलागीका घटना बढेको जिल्ल प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र ािरजालले रिजालले जानकारी दिए ।
Discussion about this post