झापा । श्री छठ समाज सेवा समिति बिर्तामोड झापाले विगतका वर्ष झैं यो वर्षपनि छठ पूजाको तयारी तीब्र बनाएको छ ।
समाजले बिर्तामोडमा विहीवार पत्रकार सम्मेलनको आयोजना गर्दै पूजाको ८० प्रतिशत तयारी पूरा भएको जनाएको हो । कनकाइ नगरपालिका वडा नम्वर ८ स्थित विरिङ खोलाको तटीय क्षेत्रमा विगत १० वर्षदेखि पूजाको आयोजना गर्दै आएको र यस वर्षपनि पूजालाई निरन्तरता दिँदै छठ पूजा भव्य रुपले गर्ने समितिका अध्यक्ष रामेश्वर दुबेदीले बताए ।
पूजाका लागि ४ सयवटा डबल पण्डाल रहने बताइएको छ । पूजाका लागि झण्डै एक हजार ब्रतालुका लागि पण्डाल तयार गरिएको वरिष्ठ उपाध्यक्ष तथा प्रचार प्रसार समिति संयोजक संगीता रौनियारले बताइन् । शुक्रवार अर्थात कात्तिक शुक्ल चतुरदर्शीबाट सुरु हुने छठ पूजा सोमवार समापन गरिने रौनियारको भनाई छ । ब्रतालुले ३६ घण्टा लामो निर्जल ब्रत वसेर यो पूजा आराधना गरी अस्ताउदो र उदाउदो सूर्यलाई अर्घ दिएर सोमवार विहान यो पर्व समापन हुने रौनियारले बताइन् ।
छठ पूजाका लागि विभिन्न उपसमितिहरु बनाइएको र कार्य विभाजन अनुसार काम भइरहेको बताइएको छ । जसका लागि संगीता रौनियारको संयोजकत्वमा पाँच सदस्यीय प्रचार प्रसाद समिति, शंकर भगतको संयोजकत्वमा सात सदस्यीय घाट तथा विजुली व्यवस्थापन समिति, अशोक चौधरीको संयोजकत्वमा सात सदस्यीय अर्थ समिति, मनोज साहको संयोजकत्वमा पाँच सदस्यीय मञ्च व्यवस्थापन तथा सास्कृतिक कार्यक्रम समिति प्रमेचन्द्र चौधरीको संयोजकत्वमा तीन सदस्यीय शान्ति सुरक्षा समिति र सत्यनारायण चौधरीको संयोजकत्वमा तीन सदस्यीय प्रसाद व्यवस्थापन समिति तयार गरिएको महासचिव अशोक चौधरीले जानकारी दिए ।
पत्रकार सम्मेलनमा निर्वतमान अध्यक्ष राजकुमार गुप्ता, पूर्व अध्यक्ष प्रेमचन्द चौधरी, घनश्याम चौधरी, कार्यक्रम संयोजक मनोज रौनियार, लेखा समितिका अनन्तलाल महत्तो, उपाध्यक्ष शंकर भगत, मनोज चौधरी, प्रचार प्रसार समितिका सह संयोजक सत्रुधन गुप्ता, विक्की चौधरी लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post