खोटाङ । खोटाङमा सात वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।
रावाबेसी गाउँपालिकाकी सात वर्षीया भतिजीलाई जबर्जस्ती करणी गरेको आरोपमा १५ वर्षीय काका पक्राउ परेका छन् । बुधबार घरमा कोही नभएको अवस्थामा उनले भतिजीलाई करणी गरेको बताइएको छ । प्रहरीले भतिजी करणीमा सम्लग्न आरोपमा काकालाई त्यसैदिन पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक टीका बरालका अनुसार शुक्रबार अदालत खुलेपछि म्याद थप गरेर अनुसन्धान बढाइने छ । बालिकाको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । बालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बरालले बताए ।
Discussion about this post