इलाम : इलामको सूर्योदय नगरपालिका स्थित सीमा नाका पशुपतीनगरमा भारतीय रुपया सटही हुन थालेको छ । करिव ४० वर्ष अघिखी बन्द भएको भारतीय रुपयाँ सटहीको काम पुनः शुरु भएको हो ।
भारतीय रुपयाँ पशुपतिनगरमा नै सटही सुरु भएपछि सर्वसाधारणलाई सहज भएको छ । यसअघि भारतीय रुपयाँ साटेर नेपाली रुपयाँ बनाउन नपाउँदा पूर्वी सीमावर्ती नागरिकले समस्या झेल्दै आएका थिए । भारतीय रुपियाँको कारोबार बढेपछि त्यसलाई साटेर नेपाली रुपियाँ बनाउन नेपालीहरुलेनै थप रकम खर्च गर्नुपरेको थियो ।
वर्षौं देखिको भारतीय रुपयाँ सटहीको समस्या सुल्झाउन राष्ट्रिय वाणिज्य बैंक पशुपतिनगरमा सटही काउन्टर शुरु भएको हो । अहिले नेपालीहरुका लागि प्रतिव्यक्ति दैनिक तीन हजार रुपयाँ र भारततर्फबाट आउने पर्यटकहरुलाई प्रतिव्यक्ति दैनिक पाँच हजार रुपयाँ सटही सुविधा दिन थालिएको पशुपतिनगर स्थित राष्ट्रिय वाणिज्य बैंकका प्रमुख राजन चौंलागाईले बताए ।
उनका अनुसार दैनिक ५०÷६० जना भन्दा बढी व्यक्तिहरु भारतीय रकम सटहीका लागि आउने गरेका छन् ।
बैंकलाई नगद २५ हजार रुपियाँ सम्म सटही गर्न पाउने अधिकार भएपनि हालका लागि बजारको अवस्था हेरेरमात्र सटही गर्न थालिएको उनको भनाई छ ।
Discussion about this post