बागमती प्रदेशसभाको अधिवेशन आह्वान

आइतबार, २८ बैशाख २०८२
फाईल तस्विर

मकवानपुर : बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको  १६ औँ अधिवेशन अह्वान गरेका छन् । 

बागमती प्रदेश मन्त्रिपरिषद् बैठकको सिफारिसअनुसार आगामी जेठ ५ गते बिहान ११ः०० बजे बैठक बस्नेगरी आज उनले आह्वान गरेका हुन् । 

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १८३  को उपधारा १ बमोजिम प्रदेशसभा  बैठक आह्वान गरेको प्रदेश प्रमुखको सचिवालयका शाखा अधिकृत निशा न्यौपानेले जानकारी दिइन् । 

सोहीअनुसार प्रदेशसभा सचिवालयले तोकिएको समयमा सभामा उपस्थितिका लागि प्रदेशसभा सदस्यहरूलाई अनुरोध गरेको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार