धनकुटामा ‘चियासँग कविता’ ले विभिन्न साहित्यिक पुरस्कार घोषणा

शुक्रबार, २३ माघ २०८२

धनकुटा :  विगत एक वर्ष देखि धनकुटामा सञ्चालन हुँदै आएको साहित्यिक कार्यक्रम ‘चियासँग कविता’ ले आफ्नो पहिलो वार्षिकोत्सवका अवसरमा विभिन्न विधाका पुरस्कार वितरण गर्ने भएको छ ।

‘चियासँग कविता’का संयोजक गोपाल बराइलीले बार्षिकोत्सवका अवसरमा चियासंग कविता धनकुटा साहित्य रत्न पुरस्कार , युवा साहित्य पुरस्कार ,नव प्रतिभा पुरस्कार र पत्रकारिता पुरस्कार वितरण गरिने जानकारी दिएका हुन् । 

 

वार्षिकोत्सवका अवसरमा  विशेष समारोह आयोजना गरी  १५ हजार रुपैयाँ राशिको ‘चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कार’ त्यसैगरी ५÷५ हजार रुपैयाँ राशिका ‘युवा साहित्य पुरस्कार’, ‘नव प्रतिभा पुरस्कार’ र ‘पत्रकारिता पुरस्कार’ पनि वितरण गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा सुरुदेखि नै सहभागी सर्जक तथा विभिन्न रूपमा सहयोग पु¥याउने सहयोगीहरूलाई समेत सम्मान गरिने संयोजक बराइलीले जानकारी दिए।

बराइलीका अनुसार धनकुटामा पछिल्लो समय सुस्ताउँदै गएको साहित्यिक माहोललाई पुनः जागृत बनाउन ‘चियासँग कविता’ ले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। साहित्यिक विकास, नयाँ प्रतिभाको पहिचान र सर्जकहरूबीच नियमित भेटघाट तथा सिर्जनात्मक संवादको वातावरण बनाउन कार्यक्रमले निरन्तर काम गरिरहेको उनको वुझाई रहेको छ ।

धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा सञ्चालन हुँदै आएको ‘चियासँग कविता’ कार्यक्रमले एक वर्षको अवधिमा स्थानीय साहित्यिक गतिविधिलाई चलायमान बनाउँदै कविता वाचन र अन्तरक्रियाका लागि साझा मञ्च उपलब्ध गराउँदै आएको आयोजकले जनाएको छ। वार्षिकोत्सव समारोह आगामी फागुन १ गते हुने समेत संयोजक बराइलीले जानकारी दिएका छन । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार