धरान उपमहानगरपालिका–१३ शिवधारा नजिक आज साँझ भएको योद्धा पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश–१–०२–०० च ३८२६ नम्बरको पिकअप वेल्फेयर नजिक साँझ करिब ६:१५ बजे ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खडकाले जानकारी दिए।
प्रहरीका अनुसार मृत्यु हुने व्यक्तिको पहिचान खुल्न बाँकी छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। सबै घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया