त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा दोस्रो उदयपुर महोत्सव सुरु

शुक्रबार, २३ माघ २०८२
Filephoto

काठमाण्डौँ । कृषि, वन, पर्यटन, शिक्षा, कला, संस्कृति, उद्योग र व्यापार उदयपुरको पहिचान र समृद्धिको आधार’ नाराका साथ त्रियुगा नगरपालिका–३ त्रियुगा नदी किनारमा दोस्रो उदयपुर महोत्सव प्रारम्भ भएको छ ।

जिल्लाको कृषि, उद्योग, व्यापार, पर्यटन तथा संस्कृतिलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित उदयपुर उद्योग वाणिज्य सङ्घले महोत्सव आयोजना गरेको हो ।

आगामी फागुन ८ गतेसम्म आयोजना हुने महोत्सवमा उदयपुर जिल्लासहित कोशी प्रदेशका किसान, उद्योगी, व्यवसायी, सहकारी, महिला तथा युवा उद्यमीका उत्पादन राखिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार