सतासी खोलामा माटोको ढिस्कोले पुरिएर एनसेलका कामदारको मृत्यु

शुक्रबार, २३ माघ २०८२

झापा : झापाको शिवसताक्षी नगरपालिका–११ स्थित सतासी खोलाको शाखा कल्भर्टमा माटोको ढिस्कोले पुरिएर एनसेलका एक कामदारको मृत्यु भएको छ।

फाइबर इन्टरनेट जडानका लागि जमिनमुनि खाल्डो खनी काम गरिरहेका बेला शुक्रबार दिउँसो अचानक छेउको माटो भत्किँदा सिरहा जिल्लाको लाहान नगरपालिका निवासी अन्दाजी ३५ वर्षीय रमेशकुमार यादव पुरिएका थिए।

घटनापछि स्थानीयवासीको सहयोगमा गम्भीर घाइते यादवलाई तत्काल एम्बुलेन्समार्फत दमकस्थित दमक अस्पताल लगिएको थियो। तर उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार