माटोको ढिस्कोले पुरिएर घाइते यादवको मृत्यु

शुक्रबार, २३ माघ २०८२
सांकेतिक फोटो

झापा  : झापाको शिवसताक्षीमा फाईवर जडानका लागि काम गरिएका एनसेल का एक कामदारको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ । 

 

शिवसताक्षी नगरपालिका वडा नम्बर ११ सतासी खोलाको शाखा कल्वर्ट क्षेत्रमा जमिन मुनिको खाल्डोमा पसेर काम गरिएको समयमा कामदार सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ९ का रमेशकुमार यादव माटोको ढिस्को खसेर गम्भिर घाइते भएको र उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको हो । 

 

माटोको ढिस्को खसेर घाइते भएका यादवलाई एम्बुलेन्समार्फत उपचारका लागि दमक अस्पतालमा लगिएकोमा उपचारका क्रममा यादवको मृत्यु भएको जनाइएको छ । सो विषयमा अनुसन्धान जारी रहेको छ । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार