पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अवरोध छः उपसभामुख राना

सोमबार, २९ बैशाख २०८२

काठमाडौँ : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागितामा अझै पनि संरचनागत र सामाजिक अवरोधहरु विद्यमान रहेको बताएकी छन् ।

इनिसियटिभ्स अफ मिडिया वुमन (आइएमडब्ल्यु) ले आइतबार साँझ बङ्गलादेशस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा ढाकास्थित दूतावासमा आयोजना गरेको ‘नेपाल र बङ्गलादेशका पत्रकार महिलाबीच अन्तरक्रिया’ मा उपसभामुख रानाले सञ्चारमाध्यममा पत्रकार महिलाको अर्थपूर्ण सहभागिताका लागि संरचनागत र सामाजिक अवरोध विद्यमान रहेको बताइन् ।

‘महिला पत्रकारले अहिले पनि धेरै चूनौतीको सामना गर्नुपरेको छ, ती चुनौतीको सामाना गर्दै अघि बढनुपर्छ’, उनले भनिन्,’सबै बाधा, अवरोध, चुनौतीलाई हटाउन संयुक्त प्रयास आवश्यक छ ।’ उपसभामुख रानाले विगतको तुलनामा मिडिया क्षेत्र प्रगतिशील हुँदै गइरहेको र अझै थप विकासमा पहल गर्नुपर्ने भनाइ थियो ।

बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले महिला पत्रकारले वञ्चित तथा आवाजविहीन समुदायका विशेष कथाहरु उजागर गर्न खेलेको महत्वपूर्ण भूमिकाको महत्वपूर्ण भएको बताइन् । उनले नेपाल र बङ्गलादेशका महिला पत्रकारलाई एकसाथ ल्याएकोमा आइएमडब्ल्युलाई विशेष धन्यवाद व्यक्त गदै यस्ता कार्यक्रमले जनस्तरमा सम्बन्ध प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा इनिसियटिभ्स अफ मिडिया वुमन (आईएम डब्ल्यु) का अध्यक्ष लक्ष्मी भण्डारीले सञ्चार क्षेत्रमा कार्यरत महिला पत्रकारले गदै आएका प्रयास बारेमा जानकारी गराइन् । उनले दुई देशका महिला पत्रकारले दीर्घकालीन मित्रता प्रवद्र्धन गर्न यस्ता कार्यक्रमले थप टेवा पुर्याउने आशा व्यक्त गरिन् । उनले नेपाल–बङ्गलादेश महिला पत्रकारले भोग्दै आइरहेका समस्या र चुनौती समान भएको भन्दै छलफलमा विभिन्न विषय उठान गरेकी थिइन् ।

दक्षिण एशियाकै सबैभन्दा ठूलो महिला समाजिक संस्था ‘ठेंगमरा महिला सबुज्ज सङ्घ (टिएमएसएस)’ की संस्थापक तथा कार्यकारी निर्देशक प्राडा हुस्ने आरा बेगमले नेपाल र बङ्गलादेशका महिला पत्रकारबीच यस किसिमको अन्तरक्रियात्मक छलफल कार्यक्रम पहिलो पटक भएको बताउदै खुसी व्यक्त गरिन् ।

दुई देशबीचको समबन्ध विस्तारमा यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा दुई देशका ५० भन्दा बढी महिला पत्रकारले कार्यक्षेत्रमा देखिएका समस्या र त्यसको समाधानका विषयमा आवाज उठाएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार