आजको मौसम : यी प्रदेशहरूमा भारी वर्षा र हिमपातको सम्भावना

शनिबार, २८ असार २०८२

काठमाडौँ : देशभर मनसुनी वायुको सक्रियता कायमै रहेकोले आज अधिकांश स्थानमा बदलीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सामान्यभन्दा केही उत्तरतिर सरेको छ।

बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली देखिएको छ। विशेषगरी बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

यसैगरी बागमती,गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ। साथै, उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा वर्षासँगै हिमपातको सम्भावना रहेको जनाइएको छ।

आज रातिसमेत मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ भने कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

यात्रा गर्दा सतर्कता अपनाउन तथा नदी नाला आसपासका क्षेत्रमा विशेष सावधानी आवश्यक रहेको महाशाखाले सुझाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार