नेपालमै अपार सम्भावना, विदेश जानुपर्ने अवस्था छैन : अध्यक्ष ढकाल

शनिबार, २८ असार २०८२

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमै रहनु र अवसरहरू सिर्जना गर्नुको महत्त्वलाई जोड दिँदै युवाहरूलाई देशमै भविष्य खोज्न आह्वान गरेका छन्।

शुक्रवार राजधानीमा आयोजित ‘राष्ट्रिय युवा महोत्सव’मा सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अपार सम्भावना रहेको उल्लेख गर्दै ती सम्भावनाको सदुपयोग गर्न आग्रह गरे।

“नेपालमा जस्तो व्यावसायिक सम्भावना अरू कतै छैन,” उनले भने, “म आफैँ पनि जापानमा काम गरेर फर्किएको व्यक्ति हुँ। तर मेरो अनुभवमा नेपालका हरेक क्षेत्रमा सफलताको सम्भावना छ। इमानदारीपूर्वक काम गरेमा देशमै पनि सफल भइन्छ।”

ढकालले नेपालमै गुणस्तरीय कलेज र विश्वविद्यालयहरू रहेको उल्लेख गर्दै अब विदेश जानुपर्ने आवश्यकता नरहेको बताए।

“मैले सानै उमेरमा अभिभावक गुमाएको व्यक्ति हुँ। त्यसैले आत्मनिर्भर बन्न व्यावसायिक क्षेत्रमा लागेँ,” उनले भने,“महत्त्वाकाङ्क्षी नभई इमान्दार भएर काम गर्न सकेमा अवश्य सफल भइन्छ।”

कार्यक्रम कक्षा १२ सकेर उच्च शिक्षा प्रारम्भ गर्न लागेका विद्यार्थीहरू लक्षित गरी आयोजित गरिएको हो।

मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी),सुनौलो नेपाल,परिवर्तनका लागि युवा (Youth for Change),वाइइडी टक्स र इन डेप्थ स्टोरी (IDS) को संयुक्त आयोजनामा भएको महोत्सवले युवामा नेतृत्व विकास,सकारात्मक सोच र उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्य लिएको आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार