“मेरो घर जलेकोमा होइन, देश जलेकोमा दुःखी छु” – मेयर पौडेल

विहीबार, २६ भदौ २०८२

इटहरी । इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले आफूले व्यक्तिगत पीडा भन्दा देशको पीडालाई ठुलो ठानेको बताएका छन्। बिहीबार फेसबुक लाइभमा आउँदै उनले आफू एक कोठामा रहेको र सुरक्षित रहेको समेत बताए । 

जेनजी पुस्ताको आन्दोलनका क्रममा आफ्नै घरसहित उपमहानगरपालिका कार्यालय र प्रहरी कार्यालयमा समेत आगजनी भएको बताउँदै उनले भने, “म घर जलेकोमा होइन, देश जलेकोमा दुःखी छु।”

सामाजिक सञ्जालमार्फत लाइभ गर्दै मेयर पौडेलले आफू अहिले सुरक्षित रूपमा एउटा कोठामा रहेको जानकारी दिए। उनले आफ्नो घर २०८० सालमै निर्माण भएको र त्यसमा अराजक तत्त्व तथा स्वार्थ समूहले आगो लगाएको दाबी गरे।

 जेनजीको नाममा आन्दोलन भएको भए पनि त्यसमा गलत प्रवृत्ति मिसिएको भन्दै उनले शान्तिपूर्ण आन्दोलनमै ध्यान दिन युवाहरूलाई आग्रह गरे।

“परिवर्तनको बाधक म होइन, बरु सबैले मिलेर समाजलाई अगाडि बढाउनुपर्छ,” पौडेलले भने। उनले जनप्रतिनिधिलाई पनि वर्तमान परिस्थितिमा जनतासँग नजिक रहन र तत्काल सेवा दिने भूमिकामा उत्रिन आह्वान गरे।

वडा र टोलको सुरक्षामा सबैले हातेमालो गर्नुपर्ने उल्लेख गर्दै पौडेलले इटहरी फेरि निर्माण गर्न आफू प्रतिबद्ध रहेको दोहोर्‍याए। परिस्थिति शान्त भएपछि नगर पुनर्निर्माण र विकासमा आफू सक्रिय भएर फर्किने उनले प्रतिज्ञा गरे।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार