एकीकृत समाजवादीसँग एकता गर्नु ऐतिहासिक गल्ती हुनेछः जनार्दन शर्मा

शनिबार, १५ कार्तिक २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले विचार, सिद्धान्त र कार्यदिशाको स्पष्ट आधारविना एकीकृत समाजवादीसँग गरिने पार्टी एकता ऐतिहासिक गल्ती सावित हुने बताएका छन् । पार्टी सचिवालय बैठकमा आफ्नो लिखित धारणा राख्दै जनार्दनले भनेका छन्, ‘बिना वैचारिक स्पष्टता, विगतको समीक्षा र सङ्गठनात्मक तयारी नगरी गरिने कुनै पनि एकताले वाम आन्दोलनलाई बलियो बनाउने होइन, बरु क्रान्तिकारी धार कमजोर पार्नेछ र दक्षिणपन्थी अवसरवादलाई बल पुऱ्याउनेछ। 

यस्तो हतारको एकताले केही नेताहरूको व्यक्तिगत स्वार्थ पुरा गर्न सक्छ, तर आम कम्युनिस्ट आन्दोलनका लागि प्रतिकूल परिणाम ल्याउनेछ । त्यसैले उपयुक्त गृहकार्य ,वैचारिक स्पष्टता र एकता बिना गरिएको एकता दीर्घकालीन दृष्टिले हानिकारक हुनेछ।’

साथै, उनले गणतन्त्रको स्थापनापछि माओवादीले जनयुद्धको भावना, संविधानको मर्म र जनआकाङ्क्षा अनुरूप समाजवादको आधार तयार पार्ने सुशासन र पारदर्शिता स्थापितगर्ने अभियान बढाउनुपर्नेमा त्यसको सट्टा नेताहरू सुखसुविधा, पद, चाकडी र सत्ता मोहमा अल्झिएको, पार्टीको वैचारिक आधार र जन पक्षधर चरित्रलाई माथिबाटै कमजोर पारिएको बताएका छन् ।

 फलस्वरूप पार्टीले जनाधार गुमाएको, विचारविपरीत गठबन्ध मार्फत अस्तित्व बचाउन बाध्य भइएको र माओवादीका शीर्ष नेताहरुको जनजीविकाकाप्रतिको पूर्ण बेवास्ता, भ्रष्टाचार, कमिसनतन्त्र र शासकीय दुरुपयोगकै कारण भदौ २३ गते युवाहरूको विद्रोह विष्पोट भएको उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार