सेना र शुसिला कार्कीबीच वार्ता हुँदै

विहीबार, २६ भदौ २०८२

काठमाडौं– अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरूबीच आज छलफल हुने भएको छ ।

जेन-जी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले त्यसलाई आजको छलफलले औपचारिकता दिने तयारी रहेको बुझिएको छ । कार्की निकट स्रोतका अनुसार सेनासँग पहिला वार्ता हुने अनि त्यसबाट विकसित परिस्थिति अनुसार राष्टपतिसँग वार्ता हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी प्रतिनिधिहरुसँग बिहीबार बिहानदेखि छलफल गरेर निकास निकाल्ने तयारी गरेकाले सम्भवत निर्णायक वार्ता हुने विश्वास गरिएको छ ।

काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले पनि शुसिला कार्कीको नाममा सहमति जनाएकाले जेन-जीको एक्लो उम्मेदवारको रुपमा देखिएकी छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार