झापामा प्रधानमन्त्री : आज र भोलि विभिन्न कार्यक्रममा सहभागी हुने

शनिबार, २८ असार २०८२

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्ध शान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्ध शान्ति अस्पतालको आज उद्घाटन गरेका छन् । 

नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा  न्यौपानेको नाम जोडिएको सो आधारभूत अस्पताल १० शैय्याको रहेको छ । अस्पतालले दैनिक चार सयलाई सेवा दिनेछ ।

प्रधानमन्त्री ओलीले पुरानो पुस्ताको आदर्श व्यक्तित्व भागीरथाका सन्तानले जग्गा दान दिएर अस्पताल बन्न सकेको उल्लेख गर्दै मर्दा कसैले केही नलाने भएकोले भागीरथाहरुको प्रेरणाबाट सामाजिक सेवामा लाग्न आग्रह गरे । 

उनले अस्पतालको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाममा हुने विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार