काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको जानकारी दिएको छ।
राष्ट्रिय ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, भेरी अस्पतालमा ५, एभरेस्ट अस्पतालमा ३, फ्रन्टलाइन अस्पतालमा ३, केएमसी अस्पतालमा २, त्रिवि शिक्षण अस्पतालमा १, बयोधा अस्पतालमा २, फ्रन्टलाइन अस्पतालमा ३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २, बीएनसी अस्पतालमा १ र बिर्तासिटी अस्पताल १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार देशका विभिन्न अस्पतालमा ३ सय ३१ जना उपचाररत छन् भने ९ सय ४९ जना उपचारपछि डिस्चार्ज भएका छन्।
आन्दोलनका क्रममा प्रदर्शनकारी, प्रहरी र कैदीबन्दी गरी ३४ को मृत्यु भएको हो।
प्रतिक्रिया