“संवैधानिक दायरामै रहेर मुलुकलाई निकास दिन लागिपरेको छु” – राष्ट्रपति पौडेल

विहीबार, २६ भदौ २०८२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान संकटपूर्ण अवस्थाबारे आम नागरिकलाई सम्बोधन गर्दै संवैधानिक दायराभित्र रहेर मुलुकलाई निकास दिन आफू निरन्तर प्रयासरत रहेको बताएका छन् ।

विहीबार जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकका मागलाई सम्बोधन गर्ने र छिटोभन्दा छिटो समस्याको समाधान खोज्ने दिशामा काम भइरहेको उल्लेख गरेका छन् । उहाँले लोकतन्त्रको संरक्षण, शान्ति सुव्यवस्था कायम राख्ने र संवैधानिक व्यवस्थाप्रति जनविश्वास कायम राख्न आफू गम्भीर प्रयासमा रहेको स्पष्ट पारेका छन् ।

राष्ट्रपतिले हाल देखिएको विषम परिस्थितिमा संयमता र धैर्य आवश्यक रहेको भन्दै सम्पूर्ण नागरिकलाई संयमित हुन आह्वान गरेका छन् । साथै, उनले देशमा शान्ति र स्थिरता कायम गर्नका लागि सबै पक्षसँग सहयोग गर्न अपील गरेका छन् ।

विज्ञप्तिमा राष्ट्रपतिले भनिएका छन्, “संवैधानिक दायारमा रहेर अहिलेको विषम परिस्थितीमा मुलुकलाई कसरी निकास दिन सकिन्छ भन्ने प्रयासमा छु । लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्नका लागि सबैसँग सहकार्य आवश्यक छ ।”

राष्ट्रपति पौडेलले सबै राजनीतिक दल, राज्यका निकाय र नागरिक समाजलाई राष्ट्रिय समस्याको दीर्घकालीन समाधान खोज्ने प्रक्रियामा हातेमालो गर्न आग्रह गर्दै मुलुकलाई स्थायित्व र शान्तिको दिशामा लैजान आफू अडिग रहेको जनाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार