कांग्रेस नेता भण्डारी अमेरिकामा मृत फेला

बुधबार, २५ भदौ २०८२

टेक्सास : अमेरिकाको टेक्सासमा बस्दै आएका एकजना कांग्रेस नेता मृत भेटिएका छन्।

नेपाली कांग्रेस निकट जनसम्पर्क समितिका केन्द्रीय सदस्य हरिबोल भण्डारी आफ्नै निवासमा झुण्डिएको अवस्थामा भेटिएका हुन्। उनीनिकट व्यवसायीले यसको पुष्टि गरेका छन्। उनी नेपाली कांग्रेसभित्र देउवा निकट मानिन्छन्।

भण्डारी लामो समयदेखि अमेरिकामा बस्दै आएका थिए। उनी हाल कांग्रेस सम्बद्ध जनसम्पर्क समितिका केन्द्रीय सदस्य थिए।

यसअघि उनी दुई पटक महासमिति सदस्य भइसकेका थिए।

उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार