काठमाडौँ । नेपाली बजारमा मङ्गलवार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया