मोरङमा कुहिएको अवस्थामा महिलाको शव फेला, पहिचान खुल्न सकेन

शनिबार, २८ असार २०८२
महिलको शव फेला परेको घटनास्थल

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–६, कोयलपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिक रहेको घारीभित्र शनिबार अपरान्ह कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

प्रहरीका अनुसार शव सडेर दुर्गन्ध फैलिएको अवस्थामा दिउँसो करिब ४ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायणप्रसाद चिमरियासहितको टोली घटनास्थल पुगेको थियो।

'शरीरका विभिन्न भागमा किरा परिसकेको र अनुहार पूर्णरूपमा क्षतिग्रस्त भएको हुँदा तत्काल शवको पहिचान हुन सकेको छैन' प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

हालसम्म शव महिला भएको प्रारम्भिक अनुमान गरिएको छ। लगाएका लुगा र अन्य भौतिक संकेतहरूका आधारमा सो आशंका गरिएको भए पनि पुष्टि भइनसकेको प्रहरीको भनाइ छ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाएको छ।

शवको पहिचान र मृत्युको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान तीव्र पारेको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार