नयाँ सरकारको काम सिंहदरबारबाटै सुरु हुन्छ : मुख्यसचिव अर्याल

शुक्रबार, २७ भदौ २०८२

काठमाडौं– मुख्यसचिव एकनारायण अर्यालले नयाँ सरकारको काम सिंहदबारबाटै हुने बताएका छन् ।

क्षतिग्रस्त सिंहदरबारको अवलोनपछि मुख्य सचिवले नारायणहिटीबाट सञ्चालन गर्ने भनि चलेको हल्लामात्र भएको बताए ।

‘सरकार सञ्चालनको विषयम आएको सबै हल्ला हो । सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुने छ,’ मुख्यसचिव अर्यालले भने । उनले त्यसका लागि आवश्यक व्यवस्था गर्ने काम सुरु गर्न निर्देशनसमेत दिइसकेको बताए ।

‘त्यो अनुसारको व्यवस्थापन हामी गर्छौं । अभिलेखको क्षति कल्पना समेत गर्न सकिँदैन । पूर्वाधार र सवारीको क्षतिबारे प्राविकि रुपमा आकलन गर्छौं,’ उनले भने । अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरुको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका हुन् । अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अवाधित रूपमा सञ्चालन भइरहेको र सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएकोसमेत जानकारी गराए ।

राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरु भइसकेको उनको भनाइ छ । उनले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षास्थिति सामान्यतर्फ उन्मुख रहेको पनि उनले जानकारी दिए । उनले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार र सवारीसाधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने बताए ।

‘हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरु अनलाइनबाट सुरु गरिसकेका छौं । अत्यावश्यक आवश्यक सेवाहरु खानेपानी, विद्युत तथा टेलिफोनलगायत जनतालाई दिनुपर्ने सेवाहरुको लागि पनि हामीले तद्तद् निकायहरुलाई निर्देशन दिइसकेका छौं,’ उनले भने, ‘हिजो र अस्ति मन्त्रालयका सचिवहरुसँग भर्चुअल माध्यमबाट छलफल गरेर सोहीअनुसार निर्देशन पनि भइसकेको छ । सुरक्षाको सम्बन्धमा नेपाली सेनाको नेतृत्वमा काम भइरहेको छ । सुरक्षास्थिति सामान्यउन्मुख छ ।’

अब जेनजी पुस्ताको मागहरुअनुसार सरकार बन्ने र नागरिक सरकारसँग काम गर्नको लागि ब्युरोक्रेसी तयार रहेको उनले बताए । उनले नागरिकलाई अत्यावश्यक सेवा प्रवाह गर्नका लागि सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको पनि बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार