झापा । जंगली हात्तीले झापाको कमल गाउँपालिका वडा नम्बर ३ बगाने टोलका गणेश बस्नेतको घर भत्काइ दिनुका साथै अन्न लगायतमा क्षति पुर्याएको छ । जंगली हात्तीले बस्नेतको बाँसको टाटीको घेरावेरा भएको घर भत्काएर अन्न लगायतका सामाग्रीहरु नोक्सानी पुर्याउदै एक लाख बराबरको क्षति भएको अनुमान गरिएको हो ।
त्यसैगरी जंगली हात्तीले झापाकै भद्रपुर नगरपालिका वडा नम्बर ७ हाँफे चोकका ऋषि भट्टराईको इर्टा घेरावेरा र टिनको छानो भएको घरको किचेन भत्काएर सरसमान क्षति पुर्याउदा अन्दाजी २ लाखको क्षति गरेको अनुमान गरिएको छ। झापाको विर्तामोड नगरपालिका वडा नम्बर ८ किशनभिट्टाका टंक बरायलीको टाटीको बेरा लगाइएको टिनको छाना भएको घर भत्काएर घरमा भण्डारण गरिएको धान लगायतका अन्न साथै अन्य सामाग्री क्षति पुर्याएको छ ।हात्ती मानव वस्तीमा परेर क्षति पुर्याउन थालेपछि स्थानीय आतंकीत भएका छन् ।
प्रतिक्रिया