काठमाडौं : जेनजी आन्दोलनको आगलागीबाट ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटले पुनः उठ्ने दृढ संकल्प व्यक्त गरेको छ। कम्पनीले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै उपभोक्ताको साथले आफूहरू अझ बलियो महसुस गरेको बताएको हो।
भाटभटेनीले भनेको छ, “दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो पसल ध्वस्त भए पनि तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरेका छौं।”
उनका अनुसार हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेको र आँसु पुछिदिइरहेकोले पुनः उठ्ने प्रेरणा मिलेको छ। कम्पनीले उपभोक्ताको साथमा भविष्यलाई अझ उज्यालो बनाउने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया