काठमाडौं : नेपाली सेनाले हालसम्म विभिन्न स्थानहरूबाट १३५ नाल हतियारहरू बरामद भएको छ ।
काठमाडौंको महाराजगन्ज इलाकामा विभिन्न मोबाइल तथा विदेशी मुद्रा सहित दुई जना शङ्कास्पद व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ ।
धादिङ स्थित गजुरीमा रहेको धादिङ कारागारबाट भागेका कैदीहरू मध्ये ४३ जनालाई नियन्त्रणमा लिइएको सेनाको भनाई छ ।
‘झापाको भद्रपुर नगरपालिका वडा नं.८ स्थित हस्पिटल चोकमा फेला परेको शङ्कास्पद बस्तुलाई नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ ।’, सेनाले भनेको छ ।
प्रतिक्रिया