सुनको मूल्यमा नयाँ रेकर्ड

शुक्रबार, २७ भदौ २०८२

काठमाडौं । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ ।

शुक्रबार सुन प्रतितोला एक हजार छ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको भने अघिल्लो दिन (बिहीबार) सुन प्रतितोला २ लाख १४ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदी प्रतितोला ६० रूपैयाँले बढेको छ। बिहीबार प्रतितोला २५ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी आज तोलाको दुई हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार