काठमाडौँमा आज बिहान ५ घण्टा र साँझ २ घण्टा आवतजावत गर्न पाइने

शुक्रबार, २७ भदौ २०८२

काठमाडौं : नेपाली सेनाले काठमाडौँ उपत्यकामा निषेधाज्ञा तथा कर्फ्युको समय केही घटाएको छ। 

जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले सूचना जारी गर्दै आज (शुक्रवार) बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामको लागि नागरिकलाई आवतजावत गर्न दिइने जनाएको छ। 

‘पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएकोले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका सुरक्षा समितिहरूबाट निम्नबमोजिम व्यवस्था गरिएको छ,’ सेनाले सूचना जारी गर्दै भनेको छ।

सेनाले भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २८ गते बिहान ६ बजेसम्म भने कर्फ्यु आदेश जारी रहने जनाएको छ।

निषेधाज्ञा तथा कर्फ्युको समयमा पनि अत्यावश्यक सेवाका जस्तै: एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, ग्यास, इन्धन, दूध, तरकारी, पानी, सञ्चार प्रदायक कम्पनी र औषधि ओसारपसार गर्ने सवारी साधन सञ्चालन गर्न सकिने छ। 

विभिन्न सरकारी कार्यालय, मानव अधिकार आयोगका पदाधिकारी, बैङ्क तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो सक्कल परिचयपत्र देखाइ कार्यालयसम्म आवतजावत गर्न सक्ने छन्। 

साथै आन्तरिक र बाह्य उडानका यात्रुहरूले आफ्नो उडानको टिकट देखाएर विमानस्थलसम्म आवतजावत गर्न सक्नेछन्। 

546614844_1106394258339719_3165913421921783308_n_5CrVo92Ru5

546842075_1106394255006386_1365478742457126271_n_xWzxgr7gQf

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार