काठमाडौँमा दिउँसो कर्फ्यु हटाइयो, निषेधाज्ञा खुकुलो

शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ : जेनजी आन्दोलनपछि लगाइएको कर्फ्यु आज दिउँसो उपत्यकामा हटाइएको छ । नेपाली सेनाले जारी गरेको सूचनाअनुसार अब कर्फ्यु आज बेलुकी ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म मात्र लागू हुनेछ ।

यससँगै दिउँसोको समयमा निषेधाज्ञा पनि खुकुलो पारिएको छ । आज बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै निषेधाज्ञा लागू हुने व्यवस्था गरिएको छ ।

बिहान ११ बजेसम्म भने उपत्यकामा आवतजावत सामान्य हुने व्यवस्था मिलाइएको सेनाले जनाएको छ ।

कर्फ्यु र निषेधाज्ञा आंशिक रूपमा हटाइएपछि आज बिहान उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । सडकमा सवारीसाधनको चहलपहल अघिल्लो दिनभन्दा बढेको देखिएको छ ।

सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध भदौ २३ गते जेनजी युवाहरूले सुरु गरेको आन्दोलन हिंसात्मक बनेपछि सेनाले सुरक्षा कमाण्ड सम्हालेको थियो । त्यसयता देशभर कर्फ्यु जारी भए पनि अहिले उपत्यकामा मात्र सीमित गरिएको छ ।

उपत्यका बाहिरका केही जिल्लामा भने स्थानीय प्रशासनले निषेधाज्ञा र कर्फ्यु जारी राखेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार