पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ स्थित देउराली भिरमा केही दिन अघि फेला परेको शवको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उक्त शव कुम्मायक गाउँपालिका यासोकका किरण तिखत्रीको भएको पुष्टि भएको हो ।
सुलुम्फि क्षेत्रको देउराली भिरमा बेवारिसे अवस्थामा फेला परेको शव केही सडेको अवस्थामा भेटिएको थियो । प्रारम्भिक अनुसन्धान र पारिवारिक पुष्टि अनुसार उक्त शव करिब १५ दिनदेखि हराइरहेका तिखत्रीकै भएको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङले जानकारी दिए ।
प्रहरीका अनुसार घटनाको कारण र तिखत्रीको मृत्यु कसरी भयो भन्ने विषयमा विस्तृत अनुसन्धान सुरु गरिएको छ । पारिवारिक स्रोतका अनुसार किरण त्रिखत्री करिब दुई साताअघि सम्पर्कविहीन भएका थिए ।
प्रतिक्रिया