इटहरी : जेन–जी पुस्ताको आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुने दुईमध्ये एक जनाको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरी श्रोतका अनुसार मृत्यु हुनेमध्ये इटहरी–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन्।
अर्का एक युवकको भने अहिलेसम्म पहिचान खुल्न सकेको छैन।
प्रहरीको गोली लागेर घाइते भएका दुवै जनालाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रदर्शनका क्रममा इटहरीमा प्रहरीसहित सर्वसाधारण घाइते भएका छन् ।
भीड अनियन्त्रित बनेपछि प्रहरीमाथि ढुंगामुढा भएको थियो ।
घटनामा इटहरी प्रहरीका डीएसपी लक्ष्मी भण्डारी, प्रहरी सहायक निरीक्षक महेन्द्र प्रसाद यादव, प्रहरी निरीक्षक मेघराज अर्यालसहितका प्रहरी घाइते भएका छन् ।
यसैगरी शसस्त्र प्रहरीतर्फ संजय थोकर, कुसाङसिह सशांक, संजय थारु र सुशील थारु घाइते भएका छन् । दर्जनौं प्रर्दशनकारीहरु पनि घाईते भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया