डा. शेखर कोइरालाको माग: 'केरुङमा अलपत्र नेपालीलाई तत्काल उद्धार गरियोस्'

शुक्रबार, २७ असार २०८२

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रसुवागढी क्षेत्रमा हालै आएको भीषण बाढीका कारण नेपाल–चीन सीमास्थित थुप्रै नेपालीहरू अलपत्र परिरहेकाले तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्।

शुक्रबार एक सार्वजनिक अपिलमार्फत उनले भनेका छन्, “रसुवागढीमा आएको बाढीका कारण उक्त नाकाबाट नेपाल–चीन आवतजावत बन्द भएको छ। जसले गर्दा व्यवसाय र कामको लागि केरुङ गएका धेरै नेपालीहरू त्यहीं अलपत्र परेका छन्। उनीहरूलाई खाद्यान्न, बास र औषधीको समेत अभाव हुन थालेको छ।”

डा. कोइरालाले चिनियाँ सरकारसँग समन्वय गरी ती नेपालीहरूलाई वैकल्पिक मार्गमार्फत नेपाल फर्काउने व्यवस्था तत्काल मिलाउन सरकारसँग जोडदार माग गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार