मेरी काली

शनिबार, २८ असार २०८२

मेरो भाग्यमा नभएर होला,तिमी यति धेरै प्यारो बनेको काली।

यो मनमा बास बसेर पनि,स्पर्शमा धेरै टाढा रहेको छौ तिमी।

कसरी लेखूँ म हाम्रो प्रेमको कथा? शब्दमा गहिरिएको छौ तिमी।

माया लेखिएन मेरो भाग्यमा,तर कविताभरि लेखिएको छौ तिमी।

                 मेरो मन मुटुमा बसी राज गर्ने,सासभित्रै गुनगुनाउने गर्छौ तिमी।

शब्दले बयान गर्न नसकिने,भावनामा मात्र अटाउने मान्छे हौँ ऊ तिमी।

मेरो भाग्यमा नलेखिएको,तर प्रेमको कथाभरि सजिएको व्यक्ति तिमी।

मेरो धड्कनमा लुकेर बोल्ने अनि मानश्पटलमा हरहमेसा गुन्जिने तिमी।

रातभरि सपनीमा बोल्ने,बिहानीमा नदेखिने धूपजस्तै हराउने गर्छौ तिमी।

सँगै हिँड्ने बाटो छैन हाम्रो,तर हर मोडमा तिमीलाई भेटिने रहर छ मेरो।

भाग्यले नमिलाएका हाम्रा पाइलाहरू धेरै छन्न,तर मनको बाटोमा तिमी।

मेरो यात्रामा नदेखिए पनि,हरेक क्षणमा मलाई साथ दिने मान्छे हौँ तिमी।

मेरा हरेक अञ्जान भाषाहरूमा,सधैँ मेरा भावनाहरु सम्हाल्ने गर्छौँ तिमी।

मेरो मुटुको एउटा कुनामा लुकेको,अनि अटल प्रेमको विश्वास हौँ तिमी।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार