मेरी काली

शनिबार, ०५ पुस २०८२

मेरो भग्यमा नभएर होला, तिमी यति धेरै प्यारो बनेको काली।
यो मनमा बास बसेर पनि, स्पर्शमा धेरै टाढा रहेको छौ तिमी।

कसरी लेखूँ म हाम्रो प्रेमको कथारु शब्दमा गहिरिएको छौ तिमी।
माया लेखिएन मेरो भाग्यमा, तर कविताभरि लेखिएको छौ तिमी।

मेरो मन मुटुमा बसी राज गर्ने, सासभित्रै गुनगुनाउने गर्छौ तिमी।
शब्दले बयान गर्न नसकिने, भावनामा मात्र अटउने मान्छे हौऊ तिमी।

मेरो भाग्यमा नलेखिएको, तर प्रेमको कथाभरि सजिएको व्यक्ति तिमी।
मेरो धड्कनमा लुकेर बोल्ने अनी मानश्पटलमा हरहमेशा गुञ्जिने तिमी।

रातभरि सपनिमा बोल्ने, बिहानीमा नदेखिने धूपजस्तै हराउने गर्छौ तिमी।
सँगै हिँड्ने बाटो छैन हाम्रो, तर हर मोडमा तिमीलाई भेटिने रहरछ मेरो।

भाग्यले नमिलाएका हाम्रा पाइलाहरु धेरै छन्न, तर मनको बाटोमा तिमी।
मेरो यात्रामा नदेखिए पनि, हरेक क्षणमा मलाई साथ दिने मान्छे हौउ तिमी।

मेरा हरेक अञ्जान भाषा हरुमा, सधैँ मेरा भावनाहरु सम्हाल्ने गर्छौ तिमी।
मेरो मुटुको एउटा कुनामा लुकेको, अनि अटल प्रेमको विश्वास हौउ तिमी ।

- रिकेश निरौला
 

प्रतिक्रिया

न्युज डेस्क
लेखकको बारेमा
न्युज डेस्क
संस्थापक

सम्बन्धित समाचार