इलाम : नेपाल लोकतान्त्रिक किरात राई संघको प्रथम जिल्ला अधिवेशन इलाममा सुरु भएको छ ।
इलाम सदरमुकामस्थित नेकपा एमाले जिल्ला कार्यालयको सभाहलमा अधिवेशन सुरु भएको हो ।
संघ जिल्ला कमिटी संयोजक निरुमाया राईको अध्यक्षता तथा नेपाल लोकतान्त्रिक किरात राई संघ केन्द्रीय अध्यक्ष सर्वधन राईको प्रमुख आतिथ्यमा कार्यक्रम जारी छ ।
एमाले केन्द्रीय सल्लाहकार षरिषद् सदस्य अगमप्रसाद वान्तवा, जिल्ला कमिटी अध्यक्ष तथा इलाम क्षेत्र नम्बर १ बाट विजयी प्रतिनिधिसभा सदस्य महेश बस्नेत लगायत समेत कार्यक्रममा सहभागी भएका छन् ।
अधिवेशनले नयाँ जिल्ला कार्य समिति चयन गर्ने छ ।
Discussion about this post