इलाम । बेला बेलामा चर्चा भइरहने इलाम बजारको खानेपानी फेरि पनि चर्चामा आएको छ । खानेपानीको हाहाकार हुने इलाम बजारमा साना सहरी खानेपानी आएपछि त अब ढुक्क हुन्छ भन्ने सोचेका इलाम नगरवासी त्यो अनुभूति गर्न अझै पाएका छैनन् । इलाम सदरमुकाम त्यसमा पनि जिल्लाकै पुरानो नगरपालिकाका नागरिकका रूपमा रहेका इलाम बजार बासीका लागि सबैभन्दा पीडाका रूपमा रहेको ४८ घण्टामा मुस्किलले १ घण्टा धारामा पानी आउने गरेको छ ।
खानेपानी थाप्नका लागि इलाम बजार नजिकै रहेका धारामा घण्टौँ लाइन लाग्नु पर्ने बाध्यता थियो । यही अनेक समस्या भोगेका इलाम नगर बासीका लागि अब पानीको समस्या समाधान हुने गरीको करोडौँको आयोजना सुरु हुने भयो,अब २४ सै घण्टा पानी धारामा आउँछ भन्ने खबर पाएसङै हर्षित बनेका इलाम नगर बासीको त्यो खुसीको पल अहिलेसम्म पनि अधुरै रहेको छ ।
केही वर्ष अघिबाट इलाम सदरमुकाममा करोडौँको लगानीमा खानेपानी आयोजनाको काम शुरुभयो र अहिले काम पनि सम्पन्न भइसक्यो तर आयोजना सम्पन्न भई सक्दासम्म पनि इलाममा २४ है घण्टा पानी आउने एका देशको कथा जस्तै रहेको छ । आयोजना सम्पन्न भएर पनि पानी वितरण गरेको महिनौँ भई सक्यो तर खानेपानीको समस्या जस्ताको त्यस्तै रहेको स्थानीय बताउँछन् । केही महिना अघिबाट नियमित रूपमा धारामा पानी सञ्चालन भइरहेको भए पनि आयोजना रुहुनुहुने बेलामा भने जस्तो २४ घण्टा पानी धारामा आउन सकेको छैन भने केही घण्टा आउने पानीले समेत नियमितता पाउन सकेको छैन । निमार्ण सम्पन्न भएको केही महिना नबित्दै अहिले खानेपानीमा समस्या आउन थालेको छ । यस अघि खानेपानीको काम गुणस्तरको नभएको भन्दै स्थानीयले आबाज मात्र उठाएका छैनन् अख्तियारको ढोका ढकढक्याउनसम्म पुगेको छन् ।
हो अहिले निमार्ण सम्पन्न भएको केही समय नबित्दै खानेपानीले इलाम नगर बासीलाई खानेपानीले दुःख दिन थालेको छ । यसले पनि अहिले नगर बासीले खानेपानीको भविष्य के होला भनेर प्रश्न खडा गर्न सुरु गरेका छन् । केही दिन यता इलाम बजारमा खानेपानीको समस्या देखिएको छ तर नगरपालिका उक्त समस्याको बारेमा बेखबर जस्तै बनेको देखिन्छ ।
इलाम नगरपालिका ७ मा रहेको इलाम अस्पतालमा पानीको समस्या भएर नगरपालिकाको खानेपानी शाखामा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको अस्पतालका कर्मचारी कमलनिधि चापागाईँले सामाजिक सञ्जाल मार्फत समस्या व्यक्त गरेका छन् । उनले लेखेका छन् – अस्पतालमा पानीको समस्या भएर सम्पर्क गरेको फोन नै उठेन न त कल ब्याक नै आयो” ।
यस्तै इलाम नगरपालिका ७ कै होटेल सञ्चालक डम्बर सापकोटाले समेत नगरको खानेपानी शाखामा सम्पर्क गर्दा फोन नउठेको बताएका छन् । कहिले आउँछ धारामा पानी ? के पानी दिन नसकेर हो फोन नउठाएको ? भन्दै उनले सामाजिक सञ्जाल फेसबुक मै नगरपालिकालाई प्रश्न समेत सोधेका छन् ।
उता इलाम नगरपालिका ९ का दीपेन्द्र कट्टेलले भने नगरपालिकाले एउटा बोल्ने काम अर्कै गर्ने गरेको बताएका छन् । अहिले इलाम बजारमा खानेपानी समस्या देखिएको छ । तर, साना सहरी खानेपानी आयोजनाका अध्यक्ष, इलाम नगरपालिकाका प्रमुख केदार थापाले भने बजार क्षेत्रमा पानी वितरणको ठुलो सञ्जाल रहेको र खानेपानीको मुहान टाढा भएकाले बिचबिचमा समस्या आई रहने त्यसलाई मिलाई रहेको बताउने गरेका छन् ।
कसरी शुरुभयो आयोजना ?
एसियाली विकास बैङ्क एडिबीको आर्थिक सहयोगमा २४ महिनामा सक्ने सम्झौतामा आयोजनाको काम भएको हो । आर्थिक वर्ष ०७७/७८ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको प्रारम्भिक तयारी सुरु गरे पनि समयमा काम सम्पन्न भएको थिएन ।
एसियाली विकास बैङ्क एडिबी को आर्थिक सहयोगमा ५७ करोड, ९५ लाख, ७ हजार ४ सय ४७ रुपामा खानेपानी आयोजनाको ठेक्का लागेको थियो । यो आयोजना जिल्लाकै अहिलेसम्मकै ठुलो खानेपानी आयोजना हो । ३१ मार्च २०१९ मा ठेक्का सम्झौता भएको आयोजना ३१ मार्च २०१९ मा सम्पन्न गर्ने सम्झौता पत्रमा उल्लेख छ । सम्पन्न भएको एक वर्ष आयोजनाले नै मर्मत सम्भार गर्ने सम्झौतामा उल्लेख छ । आयोजनाले समयमा काम त सम्पन्न नगरे पनि पानी वितरण हुन थाल्दा पनि खानेपानीको समस्या सुरु भएको छ ।
खानेपानी ल्याउनका लागि शुरुमानै प्रति घरधुरी १५ हजार २०० का दरले रकम उठाइएको थियो । खानेपानी आयोजनाका लागि सन्दुकपुर गाउँपालिकामा रहेका तीन वटा र भाँडी खोलाबाट पानी ल्याइएको छ ।
Discussion about this post