काठमाडौँ । सिलिन्डर ग्यासका बारेमा सुरक्षा जगाउँदै चेतना फैल्याउने उद्देश्यले प्रिमा ग्यास उद्योग प्रालिले ग्यास बिक्रेताहरूका लागि एक दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
ग्यास बिक्रेतालाई सचेतना दिन सके आम उपभोक्तामा पनि सकारात्मक सन्देश फैलिने र दुर्घटनाहरूबाट बच्न सकिने भएकाले उक्त सचेतना कार्यक्रम दिइएको कम्पनीले जनाएको छ । हिमालय सेप्टी सोलुसन प्रालि काठमाडौँका प्रशिक्षक श्यामलाल खनालले कार्यक्रमको सहजिकरण गरेका थिए ।
उक्त कार्यक्रममा विक्रेताहरू मार्फत आम उपभोक्ताहरूले ग्यास सिलिन्डर बाट हुनसक्ने सम्भावित दुर्घटनाहरूलाई न्यूनीकरण र रोकथाम तथा नियन्त्रण गर्न अपनाउनु पर्ने सामान्य विधि तथा सावधानी बारे प्रशिक्षण दिइएको थियो। उक्त कार्यक्रममा यस कम्पनीका १८७ बिक्रेता, १ सय बढी कर्मचारी तथा अन्य व्यक्तिहरूले समेत सहभागिता जनाएका थिए । सहजकर्ता श्यामलाल खनालले यस्ता कार्यक्रमले उपभोक्ताहरूमा ग्यास सिलिन्डरबाट हुन सक्ने दुर्घटनामा न्यूनीकरण तथा सम्भावित दुर्घटना लाई नियन्त्रण तथा रोकथाम गर्न सहज हुने बताए । उनले यस खाले कार्यक्रमलाई सरकारी स्तरबाटै गाउस्तरमा लानुपर्ने कुरामा जोड दिएका छन् ।
Discussion about this post