भारतीय भूमिमा प्रवेश नगर्न चिनियाँ नागरिकलाई दूतावासको निर्देशन

शुक्रबार, २६ बैशाख २०८२

काठमाडौं । नेपालस्थित चिनियाँ राजदूतावासले नेपाल-भारत सीमा क्षेत्रमा भ्रमण नगर्न आफ्ना नागरिकलाई सचेत गराएको छ ।

भारत पाकिस्तान युद्धसँगै नेपाल भारत सीमा क्षेत्रमा कडा सुरक्षा बढाइएको छ । दूतावासको वीच्याट च्यानलमा चाइनिज भाषामा सो ट्राभल एडभाइजरी जारी भएको हो । नेपाल र भारत दुवै देशले सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाएको र तनावको स्थिति रहेको भन्दै चिनिया नागरिकलाई बोर्डर क्षेत्रमा नजान भनेको छ ।

दुवै देशबीच खुला सिमाना रहेको भन्दै दूतावसको सूचनामा भनिएको छ,‘कुनै पनि हालतमा गल्तीले पनि भारतीय भूमिमा प्रवेश नगर्नू ।’

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार