बराहक्षेत्रबाट साढे नौ किलोभन्दा बढी गाँजासहित एक युवक पक्राउ

बुधबार, २५ असार २०८२

विराटनगर । सुनसरीको बराहक्षेत्रबाट लागू औषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा परिचालित इलाका प्रहरी कार्यालय चतराको टोलीले बराहक्षेत्र नगरपालिका–१ स्थित चतरातर्फ पैदल आइरहेका एक युवकलाई चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा ९ किलो ५ सय ग्राम गाँजा फेला पारेको हो।

पक्राउ पर्ने व्यक्ति भोजपुर जिल्ला आमचोक गाउँपालिका–८ का २१ वर्षीय अंकित मगर रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीसँग रहेको जेब्राप्रिन्टको झोलाभित्र उक्त गाँजा लुकाएर ल्याइरहेको अवस्थामा पक्राउ गरेको हो । 

पक्राउ परेका मगरलाई बरामद गाँजासहित इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार लागू औषध नियन्त्रणका लागि निरन्तर निगरानी तथा अनुसन्धान जारी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार