काठमाडौं । प्रतिनिधि सभा सांसद तथा रास्वपा नेतृ सुमना श्रेष्ठले भारत र पाकिस्तानमा तनाव सृजना भएकोले त्यहाँ भएका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन माग गरेकी छिन् ।
परराष्ट्रमन्त्री माननीय डा आरजु राणा देउवालाई पत्र लेख्दै उनले पाकिस्तानमा अध्ययनरत विद्यार्थीको सुरक्षाबारे ध्यानाकर्षण गराएकी हुन् ।
विद्यार्थीको उद्धार सम्बन्धी मन्त्रालयले के कस्तो योजना बनाएको छ भन्दै उनले पत्रमार्फत प्रश्न गरेकी छिन् ।
छिमेकी मुलुक भारतमा समेत धेरै नेपाली विद्यार्थी रहेको हुँदा त्यहाँका विद्यार्थीको विवरण राखेर सरकारका योजनाहरू के कस्ता छन्, त्यसबारे समेत जानकारी उपलब्ध गराइदिन श्रेष्ठले आग्रह गरेकी छिन् ।
प्रतिक्रिया