Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

इटहरी उपमहानगरपालिकाकाले करमा विभिन्न छुट सहुलियत गर्ने जनाएको छ ।
पुस मसान्तसम्म कर तिर्नेलाई छुटको योजना ल्याइएको उपमहानगरले जनाएको छ ।
बजेट भाषणमा गरेको बाचा अनुसार सहुलियत करहरू पुस मसान्तसम्म बुझाइसक्न नगरबासीहरूलाई उपमहानगरको आग्रह छ ।
एकीकृत सम्पती कर, बहाल कर, ब्यबसाय कर तिरेमा १० प्रतिशत छुट हुनेछ । यस्तै, अघिल्लो वर्ष नतिरेकालाई जरिवाना छुट गरिने बताइएको छ ।
पुस महिनाभित्र यो वर्षको कर तिरे उपमहानगरले २०७५ साल अगाडिको बहाल कर पूर्ण रूपमा छुट हुने इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहेताले जानकारी दिए ।
उपमहानगरपालिकाबाट संकलन हुने राजस्व प्रणालीलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन राजस्व संकलन चुस्त बनाउन मेयर हेमकर्ण पौडेलले कर्मचारीहरूलाई निर्देशन समेत दिएका छन् ।
सबै करदाताहरूका लागि २०७९ पुस मसान्तसम्म सम्पत्ति कर, घरबहाल कर र व्यवसायिक चुक्ता गरेमा करमा छुट गरिने भनेर आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत कर छुटको घोषणा गरेको थियो ।
Discussion about this post