Notice: Undefined offset: 1 in /home/pradeskh/public_html/wp-content/themes/jnews/class/ContentTag.php on line 86

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शनिवार नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक शुरु भएको हो ।
कांग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो ।
तत्कालीन गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नयाँ प्रधानमन्त्रीमा पुस २६ गते विश्वासको मत लिँदै गर्दा कांग्रेस अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन व्यस्त छ ।
प्रतिपक्षमा रहेर आफ्नो भूमिकालााई कसरी अघि बढाउने भन्ने निर्णय संसदीय दलको बैठकले गर्नेछ । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई पनि आफू नेतृत्वको सरकारलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेपाली कांग्रेसका शीर्ष नेताहरुले भने राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका छन् ।
Discussion about this post